२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१७४ जना कोरोना संक्रमित भेन्टिलेटर र आइसीयुमा

१७४ जना कोरोना संक्रमित भेन्टिलेटर र आइसीयुमा


काठमाडौं—नेपालमा २७ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार पछिल्लो २४ घण्टामा २७ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार शुक्रबार बागमतीमा १५ जना, गण्डकीमा ७ जना, र लुम्बिनी ४ जना र कर्णालीका १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ४७ जनाको कोरोना संक्रमित आईसीयुमा उपचार गराइरहेका छन् ।

गण्डकी प्रदेशमा ६७ जना, बागमती ४४ जना, लुम्बिनीमा ३१ जना, प्रदेश १ मा ४ जना र कर्णाली प्रदेशमा १ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ