२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य पत्रकार मञ्चको नयाँ नेतृत्वमा न्यौपाने निर्वाचित

स्वास्थ्य पत्रकार मञ्चको नयाँ नेतृत्वमा न्यौपाने निर्वाचित


काठमाडौँ– स्वास्थ्य पत्रकार मञ्चको चौथो राष्ट्रिय अधिवेशनमा अध्यक्षको पदमा राम प्रसाद न्यौपाने निर्वाचित भएका छन्।  शनिबार मेघा ब्याङ्क्वेटस्थित सम्पन्न अधिवेशनमा अर्का प्रत्यासी उद्दवराज भेटवाललाई १४ मतले पराजित गर्दै अध्यक्षको पदमा न्यौपाने निर्वाचित भएका हुन्।

यस्तै, मन्चको उपाध्यक्षको पदमा सरोज ढुंगेल निर्वाचित भएका छन्। भने, महासचिबको पदमा भिषा काफ्ले, सचिवको पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा महेश तिमल्सेना, सागर बुढाथोकी, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, फातिमा बानु, स्नेहा कर्ण र सिर्जना बराल निर्वाचित भएका छन् ।

सो मतदान कार्यक्रममा ६० जना मतदाताहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ