२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश २ : ३७ प्रतिशतमा कुपोषण र १५ प्रतिशतमा पुड्कोपनको समस्या

प्रदेश २ : ३७ प्रतिशतमा कुपोषण र १५ प्रतिशतमा पुड्कोपनको समस्या


धनुषा – प्रदेश २ मा ३७ प्रतिशत बालबालिकामा कुपोषण र १५ प्रतिशतमा पुड्कोपनको समस्या रहेको पाइएको छ । यस क्षेत्रमा स्थानीयदेखि केन्द्रसम्मको सरकारले कुपोषण र पुड्कोपनको व्यवस्थापनका लागि अलग्गै बजेट छुट्टयाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि काम गर्ने संस्था (सिसान)ले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग गरेको एक अन्तरक्रिया कार्यक्रममा स्थानीय, प्रदेश सरकार र केन्द्र सरकारले पोषणको क्षेत्र सुधार गर्नका लागि पालिकास्तरमै बजेट विनियोजना गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश २ मानव सूचांकमा सबैभन्दा पुछारमा रहेको कुरो विदितै रहेको अवस्थामा यसलाई सुधार गर्ने दायित्व स्थानीय पालिका तथा प्रदेश सरकारको समेत रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक हेमन्त झाले बताए । उनकाअनुसार पोषण क्षेत्रमा लगानी नभए देशकै ग्राहस्थ उत्पादनमा कमी आउने सम्भावना रहन्छ ।

पोषणमा लगानी गरिए १६ गुणा बढी प्रतिफल हाशिल गर्न सकिने समेत उनले बताए । एक तथ्यांकका अनुसार कुपोषणका कारण कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशतले कमी आउँछ ।

देशको समुचित विकासका लागि मातृमृत्यु दर तथा शिशु मृत्यु दरमा कमि ल्याउनु आवश्यक रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमकी सुधा कर्णले बताइन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ