२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६८ कोरोना बिरामी आइसीयु र भेन्टिलेटरमा

१६८ कोरोना बिरामी आइसीयु र भेन्टिलेटरमा


काठमाडौं—नेपालमा २५ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार पछिल्लो २४ घण्टामा २५ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार आइतबार बागमतीमा १३ जना, गण्डकीमा ७ जना, र लुम्बिनी ४ जना र कर्णालीका १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ४३ जनाको कोरोना संक्रमित आइसीयुमा उपचार गराइरहेका छन् ।

गण्डकी प्रदेशमा ६७ जना, बागमती ४२ जना, लुम्बिनीमा ३१ जना, प्रदेश १ मा २ जना र कर्णाली प्रदेशमा १ जना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ