काठमाडौं—नेपालमा २२ जना गम्भीर कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार पछिल्लो २४ घण्टामा २२ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो ।
मन्त्रालयकाअनुसार सोमबार बागमतीमा ११ जना, गण्डकीमा ७ जना, र लुम्बिनी ३ जना र कर्णालीका १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै, देशभर १ सय २८ जनाको कोरोना संक्रमित आइसियुमा उपचार गराइरहेका छन् ।
गण्डकी प्रदेशमा ६७ जना, बागमती ३० जना, लुम्बिनीमा २८ जना, र प्रदेश १ मा २ जना र संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।