२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना खोप लगाएका ४ जना स्वास्थ्यकर्मी अस्पताल भर्ना

कोरोना खोप लगाएका ४ जना स्वास्थ्यकर्मी अस्पताल भर्ना


काठमाडौँ – नेपालमा कोभिड—१९ विरुद्धको खोप कोभिशिल्ड लगाएका ४ जना स्वास्थ्यकर्मी अस्पताल भर्ना भएका छन् ।

खोप लगाएपछि स्वास्थ्य समस्या देखिएका ती चार जना स्वास्थ्यकर्मीहरुको पाटन अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, सिन्धुली अस्पताल र सुर्खेत अस्पतालमा उपचार भैरहेको छ।

अस्पताल भर्ना भएका उनीहरुको स्वास्थ्यमा सुधार हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागकाअनुसार हालसम्म खोप लगाइएका ५० प्रतिशतमा ज्वरो आउने, टाउको दुख्नेजस्ता सामान्य स्वास्थ्य समस्या देखिएका छन्।

अहिलेसम्म नेपालमा १ लाख १५ हजारले कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाएका छन् ।

भारतले अनुदानमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ भारतले तयार पारेको १० लाख डोप खोप नेपाललाई अनुदान दिएको हो । १० लाख डोज खोप अनुदानमा आएपछि सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई खोप लगाउन सुरू गरेको छ ।

हालैमात्रै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्डले कोरोनाले गम्भीर हुनुबाट मात्रै नभएर संक्रमण पनि रोक्ने उल्लेख गरेको छ । ७६ प्रतिशत प्रभावकारी मानिएको यो खोपले संक्रमण रोक्ने वैज्ञानिकहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ