२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण, १ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण, १ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—नेपालमा थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना पुष्टि भएको हो ।

१ सय ४२ जनामध्ये ९० जना पुरुष र ५२ महिनामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित थपिएका छन्, जसमध्ये २५ जना महिला र ३० जना पुरुष रहेका छन् ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६७ हजार ६५ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपाल अहिलेसम्म कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या २ हजार ३१ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ