२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालले कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज खोप पाउने

नेपालले कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज खोप पाउने


काठमाडौं—नेपालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजार डोज कोभिड—१९ विरुद्धको खोप पाउने भएको छ ।

सो मात्रा नेपालको जनसंख्याको ३ दशमलव ३ प्रतिशतलाई पुग्ने संख्या रहेको हो । विश्व स्वास्थ्य संगठनले बिहीबार बिहान प्रकाशित गरेको अन्तरिम कोभ्याक्स डिस्ट्रिब्युसन फोरकास्ट चार्टकाअनुसार गरिब मुलुक भएकाले नेपालले त्यति संख्यामा खोप पाउने तालिका सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड भ्याक्सिन द भ्याक्सिन एलाइन्सलगायतका संस्थासँग सहकार्यमा खोप खरिद गरी गरिब मुलुकहरुलाई दिने तयारी गरेको हो ।

नेपाललाई यसअघि भारत सरकारले १० हजार भाइल खोप उपलब्ध गराइसकेको छ । अहिले सो खोप कोरोना विरुद्ध अघिल्लो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई लगाइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड र एस्ट्राजेनेका मिलेर उत्पादन गरेको कोभिशिल्ड खोप २ सय ४० मिलियन डोज किन्ने तयारी गरेको छ । जसमा तत्काल ९६ मिलियन खरिद गरी आकस्मिक प्रयोगका लागि विभिन्न देशमा बाँड्ने तयारी गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ