२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी कोटाको म्याचिङ्गमा परेका चिकित्सकलाई ३ दिनभित्र कागजात बुझाउन मन्त्रालयको निर्देशन

सरकारी कोटाको म्याचिङ्गमा परेका चिकित्सकलाई ३ दिनभित्र कागजात बुझाउन मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटातर्फको म्याचिङ्गको नतिजामा परेका कर्मचारीलाई मनोनयनको लागि ३ दिनभित्र कागजात पेश गर्न आह्वान गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५को प्रवधान अनुसार अध्ययन विदाको लागि योग्यता पुगेका कर्मचारीले मनोनयनको लागि निवेदन आह्वान गरेको हो ।

निवेदनमा स्वास्थ्य सचिवलाई सम्बोधन गरी मनोनयनको लागि आवेदन, काम सुरु गर्दाको नियुक्ती पत्रको प्रतिलिपी, समायोजन पत्रको प्रतिलिपी, अध्यावधिक विवरण, सरकारी छात्रवृत्ती अध्ययनको लागि पुर्व स्वीकृति पत्र, सेवा अवधि र दुर्गम क्षेत्र सेवा खुलेको हाल कार्यरत कार्यलयबाट प्रमाणीत पत्र र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तीर्ण गरी म्याचिङ्गमा नाम खुलेको नतिजा समावेश गर्न भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ