२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ सय ५ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।

१ सय ५ जनामध्ये ५७ जना पुरुष र ४८ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन्, जसमध्ये  ३३ जना महिला र २५ जना पुरुष रहेका छन् ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६७ हजार ५ सय ६४ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.५  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपाल अहिलेसम्म कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ