२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमितको संख्या घट्दै, शनिबार ९९ जनामा कोरोना पुष्टि

संक्रमितको संख्या घट्दै, शनिबार ९९ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ९९ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५७ जना पुरुष र ४२  महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ४८  जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६७ हजार ८ सय १२ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हाल १४ जना भेन्टिलेटरमा र ६१ जना संक्रमित आईसियुमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ