२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुर प्रादेशिक अस्पतालमा २५ मेडिकल अफिसर र ५० नर्सिङ स्टाफ थप गर्न माग

जनकपुर प्रादेशिक अस्पतालमा २५ मेडिकल अफिसर र ५० नर्सिङ स्टाफ थप गर्न माग


जनकपुर—जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप बढी भएपछि जनशक्तिको अभाव देखिएको छ । जनशक्तिको अभावमा सेवा प्रभावकारी बन्न नसकेपछि अस्पतालले २५ जना मेडिकल अधिकृत र ५० जना नर्सिङ स्टाफ माग गर्दै प्रदेश नंं. २ को सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।

२ सय बेडको जनकपुर अस्पतालले अहिले साढे ३ सय बेड सञ्चालन गरिरहेको छ । अस्पतालले दैनिक औसतमा १ हजार जनालाई ओपीडीमा सेवा दिदैं आएको छ ।

‘ओपीडीमा हामीले दैनिक १ हजार जनालाई सेवा दिदैं आएका छौं,’ अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले भने, ‘दरबन्दीअनुसारको जनशक्तिले अगुप भएपछि हामीले ५० जना नर्सिङ स्टाफ र २५ जना मेडिकल अधिकृत थप्न स्वीकृती माग गर्दै प्रदेश सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेका छौं ।’

अस्पतालमा अहिले ११ जना मेडिकल अधिृकत र २५ जना नर्सिड स्टाफको दरबन्दी छ । अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालले सामाजिक विकास मन्त्रालयलाई दरबन्दी थप गर्न अथवा करारमा पूर्ति गर्ने स्वीकृती माग गरेको हो ।

यसबाहेक अस्पताललाई एनेस्थेसिया, रेडियोलोजी, छात्ती रोगलगायत विभिन्न विद्याका विशेषज्ञ चिकित्सकहरु पनि आवश्यक रहेको उनले बताए । ‘केन्द्रमा संघीय स्वास्थ्य मन्त्रालयलाई पनि छात्रवृत्तिमा करारमा रहेका चिकित्सक भएपनि पठाइदिन अनुरोध गरेको छौं,’ डा. यादवले भने । जनशक्ति पूरा भएमा सेवा सुचारुमा सहजता आउनुका साथै गुणस्तरीय सेवा दिन सकिने उनले बताए ।

अस्पतालको २५—३० वर्ष पूरानो भौतिक संरचनालाई पनि नयाँ निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि अस्पतालले सहरी विकास मन्त्रालयलाई पत्र लेखेको मेसु डा. यादवले जानकारी दिए । ‘यसमा बजेटको अभाव छ, हामी बजेट माग्छौ,’ उनले भने, ‘बजेट आएपछि हामीले नयाँ निर्माणको प्रक्रिया अगाडि बढाउँछौं ।’ अस्पतालमा एमआरआई मेसिनको पनि अभाव छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ