२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिसिटीमा प्रा.डा. रञ्जितको पुस्तक ‘क्यान्सरसँगको लडाइ’ सार्वजनिक

नेपाल मेडिसिटीमा प्रा.डा. रञ्जितको पुस्तक ‘क्यान्सरसँगको लडाइ’ सार्वजनिक


काठमाडौँ – विश्व क्यान्सर सप्ताह २०२१को अवसरमा नेपाल मेडिसिटी अस्पतालका प्रा.डा. मुरली रञ्जितद्वारा लिखित ‘क्यान्सरसँगको लडाइ’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार मेडिसिटी अस्पतालमा उनको सो पुस्तक सार्वजनिक गरिएको हो।

उक्त पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पु¥याउने विश्वास प्रा.डा. रञ्‍जितको रहेको छ।

क्यान्सर भएको थाहाँ भए पश्चातका पछिल्ला पाँच वर्षमा भोगेका, देखेका, पढेका र सुनेका अनुभवका आधारमा प्रा.डा.रञ्जितले लेखन गरेको हुन्।

उनी पनि क्यान्सर रोगबाट पिडित छन् । पुस्तकलाई उनको उपचारमा प्रमुख चिकित्सकका रुपमा संलग्न रहेका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मन र युरोलोजी विभाग प्रमुख डा. महेश बहादुर अधिकारी, केशव अमात्य फाउण्डेशनकी  ट्रष्टी तारा अमात्य, अस्पतालका महाप्रबन्धक विजय रिमाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ