२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीमा पिजी गर्ने विदेशी विद्यार्थीको शुल्क १ करोड ९५ लाख

विपीमा पिजी गर्ने विदेशी विद्यार्थीको शुल्क १ करोड ९५ लाख


काठमाडौँ –  विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धारनमा आगामी वर्षका लागि पिजी पढ्न चाहाने विदेशी विद्यार्थीले झण्डै २ करोड रुपैयाँ बुझाउनुपर्ने भएको छ । प्रतिष्ठानले निकालेको एडीएमएस, एमडिएस, एमसिएच र एमपिएचतर्फको भर्नाका लागि विषयअनुसार विदेशी विद्यार्थीहरुले तीनपटक गरी १ करोड ९४ लाख ९७ हजार ३ सय ८३ रुपैयाँ (१ लाख ६८ हजार १ सय ४८ अमेरिकी डलर) सम्म बुझाउनुपर्ने उल्लेख छ ।

प्रतिष्ठानले छाला रोग सम्बन्धि अध्ययन र हाडजोर्नी सम्बन्धिको अध्ययन गर्न चाहाने विदेशी विद्यार्थीले त्यति मात्रामा शुल्क बुझाउनुपर्ने उल्लेख गरेको हो ।

त्यसैगरी, साइक्याट्रिक र एनेस्थेसीया अध्ययन गर्ने चिकित्सकले १ करोड ८ हजार(९३१४८ अमेरिकी डलर), स्त्री तथा प्रसुती, मेडिसिन, बालरोग तथा जनरल सर्जरी अध्ययन गर्न चाहाने विदेशी विद्यार्थीले १ करोड ७७ लाख ८ हजार ७७ रुपैया (१५३१४८ अमरिकी डलर) बुझाउनुपर्ने उल्लेख छ ।

नेपाली विद्यार्थीको हकमा भने शिक्षण शुल्क बुझाउनु नपर्ने तर छात्रावास शुल्क, काउन्सिलिङ्ग शुल्क, जीवन विमा र स्वास्थ्य विमाको शुल्क प्रतिष्ठानको नियमअनुसार बुझाउनुपर्ने उल्लेख छ ।

सरकारले स्वास्थ्यतर्फका पोष्ट ग्रजुएट अध्ययनको लागि ४० प्रतिशत सरकारीकोटा ५० प्रतिशत निजी र १० प्रतिशत विदेशी विद्यार्थीलाई कोटा छुट्याएको छ । सरकारी कोटामा अध्ययन गर्नेको सरकारले छात्रवृत्ति दिने उल्लेख छ ।

यता, निजी कोटामा अध्ययन गर्नेहरुलाई २२ लाख तोकिएको छ भने विदेशी विद्यार्थीको हकमा सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानले शुल्क तोक्न सक्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ