२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३० जना संक्रमित थपिए, ५ जनाको मृत्यु

थप १३० जना संक्रमित थपिए, ५ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ३० जनामा  कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६८ हजार २ सय ६६ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ