२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल विस्तारको काम तत्काल अघि बढाउन अर्थमन्त्री विष्णु पाैडेलको निर्देशन

वीर अस्पताल विस्तारको काम तत्काल अघि बढाउन अर्थमन्त्री विष्णु पाैडेलको निर्देशन


काठमाडौँ – दुवाकाेटमा बन्न लागेकाे विस्तारित वीर अस्पतालकाे काम तत्काल अगाडि बढाउन अर्थमन्त्री विष्णु पाैडेलले निर्देशन दिएका छन्। विगत २०७३ साल देखि सुरु भएको विस्तारित परियोजनाले गति नलिएकाे भन्दै उनले जतिसक्दाे चाँडो काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

मंगलबार अर्थमन्त्रालयकाे संयोजनमा दुवाकाेटको अनुगमन गरिएकाे छ। अर्थमन्त्री पाैडेलले विजुली, सडक र ढलकाे काम तत्काल अगाडि बढाउन निर्देशन दिए । साेहि अनुगमनमा पुगेका विद्दुत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यले अस्पतालको बिजुलीकाे काम यहि आर्थिक वर्षभित्र सक्ने प्रतिबद्दता जनाए।

अर्थमन्त्री पौडेलले विस्तारको काममा अत्यन्त ढिला सुस्ती भएको जनाएका छन्। अस्पतालको निर्माणकार्य प्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री पौडेलले भने, ‘विस्तारित परियोजनाको लागि छुट्याइएको ४० करोड रकम फ्रिज हुँदै गएको छ । अस्पताल विस्तार प्राथमिकताको आयोजना भएकोले बजेट जसरी पनि राज्यले जुटाउछ तर काम तीव्र रुपमा अघि बढाउनुहोस।’

यसअघि वीर अस्पताल विस्तारित कार्यक्रम स्थानीयतह मातहत रहेकाेमा अब केन्द्र आफैंले गर्ने भएकाे छ । मन्त्री पाैडेलले राष्ट्रियस्तरको आयाेजना भएकाले अब केन्द्रबाटै काम अघि बढ्ने जनाए।

यसको साथै उनले अन्तर्राष्ट्रियस्तरकाे मेडिकल एजुकेसन आवश्यक रहेको जनाएका छन् । त्यसको लागि पनि वीर अस्पतालला विस्तार गर्नु जरुरी रहेको उनको भनाई छ।

स्थलगत अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स)का उपकुलपति प्रा‌.डा. डिएन शाह, रेक्टर प्रा. डा‌ सुवोध अधिकारी, निर्देशक डा. केदार सेञ्चुरी, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति थियो।

भक्तपुरको दुवाकोटमा उपलब्ध गराएको ५ सय ७० रोपनी जग्गामा वीर अस्पतालको विस्तार कार्य भैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ