२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ९ अधिकृत

स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ९ अधिकृत


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले ९ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । मंगलबार बोर्डले सूचना प्रकाशित गरी करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना  मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो।

बोर्डका अनुसार फार्मेसी अधिकृतको लागि एम. फार्म उतीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म सो क्षेत्रमा काम गरेको हुनुपर्नेछ।

योग्यता पुगेको एवम २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ