२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६० जनामा कोरोना संक्रमण

थप १६० जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ६०  जनामा  कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७९  जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार २ सय १५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६८ हजार ४ सय ३१ जनाले कोरोना जितेका छन् ।

नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ