२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ

वुहानमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला परेन : डब्ल्यूएचओ


कोभिड-१९ उत्पत्तिको श्रोत पत्ता लगाउन चीन पुगेको विश्व स्वास्थ्य संगठनको टोलीले वुहानमा र अन्य क्षेत्रमा डिसेम्बर २०१९ अघि कोरोना फैलिएको कुनै प्रमाण फेला नपरेको बताएको छ। मंगलबार संगठन र चिनियाँ विशेषज्ञको दलले उक्त जानकारी दिएको हो ।

संगठनका अनुसार वुहानपछि अन्य क्षेत्रमा कोरोना फैलिएको थियो। सो समुहका बेन एम्बरेकले भने, ‘हालैमा वुहानमा भएको जाँचले कोरोनालाई लिएर कयौं जानकारी उजागर गरेको छ। तर वुहानमा डिसेम्बर २०१९ अघि नै कोरोना फैलिएको कुनै ठोस प्रमाण फेला परेन।’

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ