२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’

अमेरिकामा कोरोना भ्याक्सिन लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’


अमेरिकामा फाइजर र मोडर्नाको भ्याक्सिन लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। विशेषज्ञका अनुसार अहिलेसम्म कुन खोपबाट उक्त रोग देखियो भन्ने बारे निष्कर्ष निस्किएको छैन।

ती मध्ये मियामी प्रसूति रोग विशेषज्ञ डा. ग्रेगरी माइकलको मृत्यु भएको छ। उनी मात्रै ५६ वर्षकी थिइन्। फाइजरको खोप लगाएको १६ दिन पछि ब्रेन ह्याम्रेजका कारण उनको ज्यान गएको हो। थ्रोम्बोसाइटोपेनियाको रोगको पुष्टि भएको उनमा प्लेटलेट लगभग शून्य हुनुको साथै रक्त विकारको कारण रक्तको थक्का बनाउन बन्द भएको थियो।

भ्याक्सिनको डोजले एक ट्रिगरको रुपमा काम गर्छ तर अहिलेसम्म यसको सहि जानकारी भन्ने प्राप्त नभएको विशेषज्ञहरुको भनाई छ।अमेरिकामा ४ करोड ३ लाखभभन्दा बढी मानिसले कोरोनाको खोप लगाएका छन्। जसमध्ये ३६ जना मानिसमा रक्त विकार पाइएको  हो।

एक अध्ययनमा सामबेश गरिएको १५ जनामा मात्र एक व्यक्तिमा प्लेटलेट्स कम भएको लक्षण देखिएको छ। । न्यूयोर्क टाइम्स अनुसार खोपको लागि प्रतिरक्षा थ्रोम्बोसाइटोपेनिया (आईटीपी) को निगरानी र रोकथाम केन्द्र (सीडीसी) को निगरानी प्रणालीको लागि ३६ रिपोर्ट बनाइएको थियो।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ