२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्‍याउने लक्ष्य

‘कोभ्याक्स’लाई डब्ल्यूएचओको आपतकालीन स्वीकृती, गरिब देशमा पहुँच पुर्‍याउने लक्ष्य


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओक्सफोर्ड-एस्ट्राजेनेले बनाएको खोपलाई आपतकालीन स्वीकृती दिएको छ। डब्ल्यूएचओले सोमबार भारतको सीरम इंस्टिट्यूटमा तयार भएको ‘कोभ्याक्स’ र दक्षिण कोरियाले बनाएको कोरोना विरूद्धको खोपलाई आपतकालीन स्वीकृती दिएको हो।

संगठनका प्रमुख ‎टेड्रोस एडहानोमले भने, ‘अब कोभ्याक्स खोप कार्यक्रम अन्तरर्गत विश्वका कयौं देशमा खोप अभियान सुरु हुने बाटो खुलेको छ।’ गरिब राष्ट्रहरुमा पनि यो खोपको अभियान थालिने उनको भनाई छ।

यो खोपलाई १८० भन्दा बढी देशमा पहुँच पुर्‍याउने संगठनले लक्ष्य लिएको छ।

संगठनको अनुसार विश्वमा जुन जुन राष्ट्रले खोप प्राप्त गरेका छैनन् र कोरोना महामारीको सामाना गरिरहेका छन् ती राष्ट्रहरुमा खोपको सक्दो वितरण गरिनेछ। संगठनले कुनै पनि खोपलाई अनुमति दिनु अघि त्यसले दिने सुरक्षा, गुणको अध्ययन गर्दछ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ