२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै

स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारमा सारिँदै


काठमाडाैं-सिंहदरबारको हाता बाहिर रहेको एक मात्र मन्त्रालय पनि सिंहदरबार परिसरमा जाने भएको छ । प्रधानमन्त्री कार्यलय स्रोतकाअनुसार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेका छन् ।

अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा रहेको भवन खाली हुँदै गर्दा त्यही भवनमा स्वास्थ्य मन्त्रालय राख्ने या त्यहाँ अर्को मन्त्रालयलाई ल्याएर सो मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने भन्ने विषयमा भने टुंगो नलागिसकेको स्रोतले बताएको छ ।

भूकम्पका कारण क्षति भएको सिंहदरबारको पुर्ननिर्माण भएसँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय त्यहाँ सारिँदै छ । सबैभन्दा ठूलो सांगठनिक संरचना भएको मन्त्रालय सिंहदरबार परिसर बाहिर हुँदा सबैको सहज पहुँच रहदै आएको थियो ।

मन्त्रालयका अधिकारीहरुले  भने सहज पहुँचका कारण धेरै मानिस आएर काममा अवरोध गरेको भन्दै गुनासो गर्दै आएका छन् । यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि मन्त्रालयलाई सिहंदरबार लगेमा स्वास्थ्यमा रहेको ५० प्रतिशत समस्या आफै हट्ने भन्दै पटक-पटक सारिने बताउँदै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ