२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन, मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार

चिकित्सकको नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन, मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क (कन्सलटेसन फी) लागु गर्न निर्देशन दिएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन दिएका हुन् ।

४ फागुनमा बसेको एनएमए र अफिनको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठककाअनुसार राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको हो । उक्त शुल्कलाई बुधबारबाटै लागु गर्न दुवै संस्थाले निर्देशन दिएका छन् ।

दुई दुई वर्षमा चिकित्सकको परामर्श शुल्क पुनरावलोकन गर्ने व्यवस्था छ । एक वर्षअघि चिकित्सक नयाँ परामर्श शुल्क सिफारिस समिति गठन भएको थियो । उक्त समितिले चिकित्सकको नयाँ परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

तर, उक्त नयाँ शुल्क सम्बन्धि सिफारिस मन्त्रालयमा बुझाएको एक वर्षसम्म पनि समयसापेक्ष लागु नभएको भन्दैं चिकित्सकसँग सम्बन्धित संस्था एनएमए र निजी अस्पतालको छाता संगठन अफिनले लागु गर्ने निर्णय गरेका हुन् ।

यस्तै, निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार रुपैयाँ पु¥याउने निर्णय पनि दुवै संस्थाले गरेका छन् । उनीहरुले कार्यन्वयन गराउन सबै चिकित्सक, स्वास्थ्य संस्था र अस्पतालाई अनुरोध गरेका छन् । यसअघि हेल्थआवाजले निजी अस्पतालहरुमा मेडिकल अधिकृतहरुमाथि भइरहेको चर्को श्रमशोषणको नालीबेलीको प्रस्तुत गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ