२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. पोखरेलको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्य कर्मचारी समायोजन मिलान समिति

डा. पोखरेलको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्य कर्मचारी समायोजन मिलान समिति


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समायोजन मिलान सिफारिस समिति बनाएको छ ।

२९ माघमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी बनेको स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार काम गर्नका लागि सो समिति बनाइएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले बताए ।

समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यय, औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सह—सचिव रेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री र कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन् ।

सो समितिलाई समायोजन मिलानका लागि प्रक्रिया पुगेर आएका निवेदनलाई स्वीकृत गर्ने, माग भएअनुसार कागजपत्र नभएकालाई पुनः कागजात मागी निर्णय गर्ने, विशेष अवस्था (फाजिलमा रहेका, दरबन्दी बढी भएका ठाउँमा रहेर समस्या भएका, पहिले पत्र नुबझेका, स्थान फरक परेका आदि) रहेकाहरुको निर्णय गर्ने अधिकार दिइएको छ ।

त्यसैगरी प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्ध गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्ध गर्ने अधिकार छ ।

सहसचिव रेग्मीका अनुसार समायोजन मिलान नियमित भएमा फागुन महिना भित्र सम्पन्न गर्ने मन्त्रालयले लक्ष्य राखेको छ । स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ