२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषदद्वारा ५९१ स्वास्थ्यकर्मीको लाइसेन्स स्वीकृत

स्वास्थ्य व्यवसायी परिषदद्वारा ५९१ स्वास्थ्यकर्मीको लाइसेन्स स्वीकृत


काठमाडौँ – स्वास्थ्य व्यवसायी परिषद नेपालको फागुन ४ मा बसेको बैठकले विभिन्न विधाका ५ सय ९१ जना स्वास्थ्यकर्मीको लाइसेन्स जारी गर्ने निर्णय गरेको छ। सो बैठकको निर्णयानुसार स्वीकृत भएका स्वास्थ्यकर्मीहरुको विवरण अनलाइनमा राखिएको परिषदका रजिष्टार पुष्पराज खनालले जानकारी दिए।

लाइसेन्स जारी भएका स्वास्थ्यकर्मीहरुको नामावली हेर्न यहाँ किल्क गर्नुहोस।

परिषदले सीएमए विषय अन्तर्रगत तेस्रो तहतर्फका  २१८ जना, मेडिकल बायोकेमेस्ट्री विशेषज्ञतर्फ २ जना, मेडिकल लेबोरेटरी टेक्नोलोजी तेस्रो तहतर्फ २६२ जना, मेडिकल माइक्रोबायोलजी विशेषज्ञतर्फका २ जना, अप्टोमेट्रीतर्फका विशेषज्ञतर्फका १ जना, एमएचपीइको विशेषज्ञमा १ जना र  एमपीएचको विशेषज्ञतर्फका १५ जनालाई लाइसेन्स दिने  निर्णय गरेको छ।

यस्तै, एमपिटी विशेषज्ञतर्फका २ जना, सीएमएलटीका दोस्रो तहका ५८ जना, डेन्टल हाइजेनिकको दोस्रो तहतर्फका  १४ जना, जेनरल मेडिसिनका दोस्रो तह तर्फका  ५६ जना, ओप्थोमोलोजी दोस्रो तहका २७ जना, ओटिएसको दोस्रो तहका ४ जना,  बि. एससी. एनेस्थेसिया टेक पहिलो तहतर्फका १ जना, बि.अप्टोमेट्रिको पहिलो तहका ४१ जना, बि. एससी मेडिकल बायोकेमेस्ट्रीका २ जना, बिएएसएलपी पहिलो तहका १ जना, बि.एससी एमएलटीको पहिलो तहका २३ जना, बिपीए पहिलो तहका ३७ जना, बिपीटी पहिलो तहका ९ जना र  बि.एससी माइक्रोबायोलोजी  पहिलो तह तर्फका ४ जना  स्वास्थ्यकर्मीले लाइसेन्स पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ