२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराधा क्यान्सर सचेतना पुरस्कार पत्रकार केसीलाई

राधा क्यान्सर सचेतना पुरस्कार पत्रकार केसीलाई


काठमाडौँ –  यस वर्षको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ । बिहिबार राधा क्यान्सर सचेतना फाउन्डेसनले बसेको बैठकले यस वर्ष परेका आवेदनहरु मध्यबाट पत्रकार केसीलाई २० हजार राशिको पुरस्कार दिने निर्णय गरिएको हो ।

स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा फागुन ९ गतेका दिन कावासोती सिमलघारीस्थित बस्याल निवासमा पुरस्कार वितरण गरिने भएको छ।

गत माघमा पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको थियो। फाउण्डेसनले प्रत्येक वर्ष क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एकजना पत्रकारलाई २० हजार नगद राशीसहित पुरस्कृत निर्णय गरेको छ । सोहि अनुरुप पत्रकार केसी छानिएकी हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ