२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनियाँ खोपलाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

चीनियाँ खोपलाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति


काठमाडौँ – चीनले बिकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि नेपालले अनुमति दिएको छ। औषधी व्यवस्था विभागले गएको बुधबार सूचना जारी गरी चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको हो ।

यसअघि नेपालले भारतको ‘कोभिशिल्ड’ खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ