२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ विस्तारित कार्यविधी जारी: चिकित्सकको परामर्शबाहेक अन्य शुल्क २ सय प्रतिशतसम्म लिन पाउने

नयाँ विस्तारित कार्यविधी जारी: चिकित्सकको परामर्शबाहेक अन्य शुल्क २ सय प्रतिशतसम्म लिन पाउने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधी जारी गरेको छ । २९ माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी सो कार्यविधी जारी गरिएको हो ।

जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि कार्यविधी ल्याइएको उल्लेख छ ।

कार्यविधीमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ ।

सो कार्यविधीमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ ।

विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख छ । बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने उल्लेख छ ।

विस्तारित कार्यक्रम संचालन गर्न अस्पताल प्रमुखको अध्यक्षतामा पाँच सदस्सीय समिति हुने उल्लेख छ । जसको सदस्यमा अस्पताल प्रशासन प्रमुख, लेखा प्रमुख, नर्सिङ प्रमुख र अस्पताल प्रमुखको सिफारिसमा एक जना स्वास्थ्यकर्मी सदस्य सचिव रहने उल्लेख छ ।

यसअघि वि.सं. २०७१ सालमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले विस्तारित स्वास्थ्य सेवा कार्यविधी बनाएर लागु गरेका थिए । सो कार्यविधी आएसँगै देशका धेरै केन्द्रीय अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भइसकेको छ ।

यस्तो छ नयाँ कार्यविधी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ