२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ११ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर ११ जना कोरोना संक्रमित भेन्टिलेटरमा


काठमाडौं-नेपालमा ११ जना गम्भीर कोरोना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका विभिन्न अस्पतालका भेन्टिलेटरमा ११ जना गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना रहेका छन् ।

यस्तै, आईसीयुमा उपचाररत कोरोना संक्रमितको संख्या देशभर ६० जना रहेको छ । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् । यस्तै, लुम्बिनी प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ७ जना र कर्णाली प्रदेशमा २ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।

संस्थागत आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या नेपालमा १ हजार ४५ जना रहेको छ । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ८४४ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ११८ जना, सुदूरपश्चिम प्रदेशमा ५० जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश १ मा ४ जना र कर्णाली प्रदेशमा ३ जना संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ