२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्ता छन् स्वास्थ्यमन्त्री त्रिपाठीका तीन प्राथमिकता

यस्ता छन् स्वास्थ्यमन्त्री त्रिपाठीका तीन प्राथमिकता


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफू मन्त्री भएको ६२ औं दिनसम्म आइपुग्दा तीन वटा विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । शुक्रबार सानेपास्थित स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसीयु)को उद्घाटन समारोहमा बोल्दै मन्त्री त्रिपाठीले आफू तीन प्राथमिकतामा केन्द्रित भएर काम गरिरहेको बताएका हुन् ।

उनले पहिलो प्राथमिकतामा कोभिड–१९ विरुद्धको खोप ल्याउने र त्यसलाई भण्डारण गर्ने व्यवस्था मिलाउने, दोस्रोमा प्रत्येक पालिकामा ५, १० र १५ बेड अस्पताल बनाउने महत्वाकांक्षी योजनालाई अघि बढाउने र तेस्रोमा स्वास्थ्यका कर्मचारीको समायोजन गर्ने काम अघि बढिरहेको बताए ।

मन्त्री त्रिपाठीले यतिबेला नेपालमा कोभिड खोप अभियान युद्ध स्तरमा चलिरहेको बताएका छन् । खोप अभियानमा सबै पक्षको उत्साहजनक सहभागिता भएका भएपनि जनप्रतितिधिहरु भने खोप लगाउन हिच्किचाइरहेको बताएका छन् ।

‘मैले आजमात्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खोपको प्रभावकारिताका विषयमा भर्चुअल छलफल गरें,’ उनले भने, ‘त्यसमा सबै पक्षको उत्साहप्रद सहभागिता रह्यो तर जनप्रतिनिधीहरुको सहभागिता न्युन रहेको रिपोर्टिङ भएको छ ।’

यस्तै, उनले नर्सलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका छन् । सम्पूर्ण निजी अस्पतालहरुलाई नर्सको सरकारले तोके बमोजिम न्युनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

२३ फागुनपछि समुदायस्तरमा खोप

मन्त्री त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताएका छन् । सरकारले २ दिनअघिमात्र २० लाख डोज खोप खरिदका लागि पैसा समेत पठाइसकेको छ । जसमा प्रति खोप ४ डलरका दरले पैसा पठाइएको उनले बताए ।

२३ फागुनबाट समुदायस्तरमा खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले जानकरी दिए । ‘सरकारले फागुन २३ गतेबाट समुदायस्तरमा खोप अभियान सञ्चालन गर्दैैछ,’ उनले भने, ‘सुरुमा ६० वर्षभन्दा माथि उमेरसमूहका मानिसलाई निःशूल्क खोप लगाइनेछ त्यसका लागि आवश्यक तालिम सुरु गरी सकिएको छ ।’

यसैगरी कोभ्याक्सको २२ लाख ५६ हजार डोज खोप ल्याउनका लागि कुरा भैरहेको उनले जानकारी गराए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ