२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालमा एनआईसीयु सेवा सुरु

स्टार अस्पतालमा एनआईसीयु सेवा सुरु


काठमाडौं–सानेपास्थित स्टार अस्पतालले ६ बेडको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसीयु) सेवा सुरु गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआईसीयु सेवाका उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री त्रिपाठीले स्टारले एनआईसीयु जस्तो संवेदनशील सेवा सुरु गरेर सह्रानीय काम गरेको बताए । साथै, अस्पतालको प्रयोगशाला ख वर्गबाट क वर्गमा स्तरोन्नती भएकोमा शुभकामना समेत दिए ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष किशोर महर्जनले एनआईसीयुको अभावमा समय नपुगी जन्मिएका शिशुहरुको अकालमा ज्यान जाने दर बढ्दै गएकाले अस्पतालले एनआईसीयु सेवा सञ्चालनमा ल्याएको बताए । स्टार अस्पतालले स्याटलाइट अस्पतालका रुपमा बागमती प्रदेशको नुवाकोटमा स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याइसकेको र अन्य पद्रेशमा पनि क्रमशः सञ्चालन गर्दै जाने जानकारी उनले दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले देशकै नमुना जिआई सेन्टरको स्थापनाका लागि २२ करोड रुपैयाँ बराबरको आवश्यक आधुनिक उपकरण खरिदको सम्झौता समेत भैसकेको बताएका छन् । ‘हामीले जिआई सेन्टरका लागि आवश्यक पर्ने २२ करोड बराबरको आधुनिक उपकरण खरिदका लागि सम्झौता गरिसकेका छौं,’ उनले भने, ‘यसका लागि चिकित्सकको टोलीसमेत तयार भैसकेको छ ।’

यस्तै, छिट्टै नै हाडजोर्नी उपचार केन्द्र, नशा सम्बन्धि उपचार केन्द्र, छाला तथा सौन्दर्य रोग सम्बन्धि चिकित्सा केन्द्रको बिस्तार गरिने महर्जनले बताए । साथै, मुत्र रोग सम्बन्धि अत्याधुनिक लेजर उपकरणहरु भित्र्याई उपचार नै सुरुवात भैसकेको उनले स्पष्ट पारे ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले कोभिड–१९का कारण थप हुन नसकेका सेवाहरु अब बिस्तारै थपिँदै जाने बताए । ‘हामीले कोभिड अघि नै यी सेवाहरु ल्याउन लागेका थियौं । कोभिडले हामीलाई रोक्यो,’ उनले भने, ‘पहिलो सुरुवात एनआईसीयु हो ।’

निजी अस्पतालहरुबाट पहिलो चरणमै पीसीआर परीक्षण सुरु गरेको स्टारले यो अवधिमा १ लाख १२ हजार पीसीआर परीक्षण गरेको छ । जसमध्ये १३ प्रतिशत रिपोर्ट पोजेटिभ आएको डा. रुपाखेतीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ