२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक सिजेरियन सेक्सन सुरु

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक सिजेरियन सेक्सन सुरु


मार्तडी— बाजुरा जिल्लाको विकट कोल्टीमा शुक्रबार मुगु खत्याडा—१० बाट आएकी २९ वर्षीया गर्भवती महिला निर्मला चदाराको पहिलोपटक सिजेरियन सेक्सन गरिएको छ। ट्रान्सभर्स पोजिसनमा रहेको बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी ती महिलाको सफल शल्यक्रिया गरिएको हो।

हवाईजहाजबाट नेपालगञ्ज जान ठिक्क परेका आमा र बच्चा दुवैको ज्यान स्थानीय साधन स्रोतमा नै जोगाउन सफल भएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको टिममा हर्षोल्लास छाएको छ।

बाल रोग विशेषज्ञ डा नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा.अर्जुन तिवारी र स्त्री, प्रसुती रोगमा विशेष अनुभव प्राप्त डा. दिल शाही रोका, स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दा कुमारी दानी, अनमी दाना जोशी,अनमी मनिषा रसाइलीको संयुक्त पहलमा यो कार्य सफल भएको त्यहाँ कार्यरत डा.अच्युत शाली घिमिरेले बताए।

यो सँगै नेपालगञ्ज, सुर्खेतलगायतका सुविधा सम्पन्न ठाउँसम्म पुर्याउनुपर्दा हुने खर्च र गर्भवतीको स्वास्थ्य जोखिम समेत न्यूनीकरण हुन सफल भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच भएको सम्झौताअनुसार नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइदै आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक ओमजंग शाहीले बताए।

तर, यो सेवालाई थप विस्तार गर्न र निरन्तरता दिन थप चुनौती भने यथावत छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ