२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. थापा सम्मानित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. थापा सम्मानित


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. वुद्धिबहादुर थापा सम्मानित भएका छन् । तनहुँ सम्पर्क समाजले स्थापना गरेको तनहुँ रत्न सम्मान पुरस्कार–२०७७ बाट पोखरामा उनी सम्मानित भएका हुन् ।

थापालाई नगद राशी १० हजार रुपैयाँ र ताम्रापत्रले सम्मान गरिएको हो । समाजले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी आउने ब्याजबाट नगदसहित सम्मान गर्ने गरी कार्यविधी बनाएको छ ।

तनहुँबाट आएर पोखरालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले हरेक वर्ष सम्मान गर्ने योजना बनाएको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति थापा शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका हुन् । थापा करिब ४ दशक अघिदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ