२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराको इन्जिनियरिङ क्याम्पसमा ४९ जना विद्यार्थीमा कोरोना संक्रमण

पोखराको इन्जिनियरिङ क्याम्पसमा ४९ जना विद्यार्थीमा कोरोना संक्रमण

फिल्ड भिजिटमा गएका सहकारी सदस्यमा पनि देखियो कोरोना


पोखरा—पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा ४९ जना कोरोना संक्रमित भेटिएका छन् । क्याम्पसले फिल्ड भिजिटका लागि वीरगञ्ज, मकवानपुर र जनकपुर विद्यार्थीलाई लगेका बेला संक्रमण भएको हुनसक्ने गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनले हिजोमात्र ६ सय ३५ जनाको नमुना संकलन गरिएको बताए । पहिलो पटक १ सय ३५ वटा नमुना जाँच गरिएकोमा ३९ जनामा कोभिड पोजेटिभ देखिएको थियो । दोस्रो पटक १ सय १५ जनामा १० जनामा मात्रै पोजेटिभ देखिनु सकारात्मक भएको उनको भनाइ थियो । तर, बढ्न सक्ने सम्भावना भने छ ।

क्याम्पसको परीक्षा स्थगित भएको छ । कोरोना समुदायस्तरमा फैलिएको छ वा छैन भन्नेबारे कुनै जाँच गरिएको छैन । निर्देशक शर्माका अनुसार अहिलेसम्म नमुना संकलन गरिएको क्याम्पस होस्टलका विद्यार्थीको मात्रै हो । अहिले नियमित पठनपाठन नभएकाले बाहिर संक्रमण फैलिन कम भएको हुनसक्ने उनले स्पष्ट पारे ।

कोरोनाको दर घटेपनि जोखिम भने नघटेको सन्देश दिइरहको निर्देशनालयले आगामी दिनमा त्रसित नभएर सचेत रहन आग्रह गरेको छ ।

यसैबीच माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकस्थित सभ्य समता सहकारीबाट मकवानपुरको दामनमा अवलोकन गएका सहकारीका सदस्यहरुमध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भ्रमण गएर फर्किएपछि पनि लक्षण नदेखिएकाले कोरोना जाँच गरिएको थिएन । पछि लक्षण देखिएपछि जाँच गर्दा कोभिड—१९ पोजेटिभ देखिएको माछापुच्छ्रे ४ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिरामीका सम्पर्कमा आएका र समस्या देखिएकाको कन्ट्याक्ट ट्रेसिङको तयारी भइरहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ