२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु


काठमाडौं—नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टा थप ४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २४ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ