२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल


काठमाडौं—नेपालमा मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षामा ५३ प्रतिशत चिकित्सक फेल भएका छन् ।

काउन्सिलका प्रवक्ता एवं रजिष्ट्रार डा. कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा ४७ प्रतिशत चिकित्सकमात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा ३ सय ३० जना चिकित्सक सहभागी भएका थिए । जसमध्ये १ सय ५५ जना उत्तीर्ण भएको अधिकारीले बताए ।

परीक्षामा चित्त नबुझेमा ३५ दिनभित्र काउन्सिलले तोकेको दस्तर बुझाएर दावी विरोध गर्न सकिनेछ । उत्तीर्णहरुको प्रमाणपत्र १५ दिनपछि दिइने काउन्सिलले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ