२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको ५ बुँदे अपिल

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको ५ बुँदे अपिल


काठमाडौं—काठमाडौंमा अत्याधिक रुपमा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक अपिल जारी गरेको छ ।

शुक्रबार ५ बुँदे अपिल जारी गर्दै मन्त्रालयले विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयको अपिल यसप्रकार रहेको छ ।

१. खुल्ला स्थानमा नबस्ने, मर्निङवाक, शारिरीक व्यायामहरु बाहिर गएर नगर्ने, बालबालिका, दीर्घ रोगका बिरामी र जेष्ठ नागरिकको विशेष ख्याल गर्ने ।

२. फोहोरको उचित व्यवस्थापन गर्ने तर नजलाउने ।

३. घरबाहिर बाहिर निस्कनैपर्ने अवस्था भए अनिवार्य मास्कको प्रयोग गर्ने ।

४. धुँवाधुलो हुने खालका कार्य केही दिनलाई स्थगित गर्ने ।

५. अत्यावश्यक नभएर सवारी साधन नचलाउने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ