२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ मस्तिष्कघात भएका कांग्रेस युवा नेता जोशीको निधन

मस्तिष्कघात भएका कांग्रेस युवा नेता जोशीको निधन


काठमाडौं—नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । १४ फागुनमा मष्तिष्कघात भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आईसीयुमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो ।

उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ