२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमस्तिष्कघात भएका कांग्रेस युवा नेता जोशीको निधन

मस्तिष्कघात भएका कांग्रेस युवा नेता जोशीको निधन


काठमाडौं—नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । १४ फागुनमा मष्तिष्कघात भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आईसीयुमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो ।

उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ