२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ८५ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ४ सय ३५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ