२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयमा तेल खर्च दैनिक २५ हजार

स्वास्थ्य मन्त्रालयमा तेल खर्च दैनिक २५ हजार


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी तथा कर्मचारीले दैनिक २५ हजार बराबरको इन्धन खर्च गर्ने गरेको पाइएको छ । मन्त्रालयले सार्वजनिक गरेको मासिक खर्च विवरणअनुसार प्रत्येक दिन २५ हजार १ सय १९ रुपैयाँ बराबरको इन्धन खर्च हुने गरेको हो ।

पछिल्लो ६ महिनामा मन्त्रालयका पदाधिकारी र मन्त्रालय प्रयोजनका लागि ४५ लाख ८४ हजार २ सय २६ रुपैयाँ इन्धनमा खर्च भएको छ । भदौंदेखि माघ महिनासम्मको सो खर्च विवरणमा सबैभन्दा बढी पुस महिनामा १० लाख ७० हजार ३ सय ५९ रुपैयाँ बराबरको खर्च भएको हो ।

इन्धन खर्चमा भदौ, असोज, कात्तिक र मंसिरमा पदाधिकारीहरुले मासिक २ लाखको दरले लिएको पाइन्छ । पुस र माघको भने कार्यलय प्रयोजनका लागि खर्च भएको छ । कार्यलय प्रयोजनका लागि भदौ र असोजमा ४ लाख ११ हजार ३ सय ८४ रुपैयाँ, अन्य प्रयोजनका लागि १२ हजार रुपैयाँको इन्धन प्रयोग भएको पाइएको छ । कार्तिकमा कार्यलय प्रयोजनका लागि अघिल्लो महिनाभन्दा ३ हजार बढेर ४ लाख १४ हजार र अन्य प्रयोजनका लागि इन्धन ६ हजार रुपैयाँको खरिद भएको छ ।

मंसिरमा कार्यालय प्रयोजनका लागि बढेर ५ लाख ४६ हजार ८५ रुपैयाँ र अन्य प्रयोजनका लागि १० हजार ५ सय रुपैयाँ खर्च भएको छ । त्यसैगरी पुसमा पदाधिकारीले इन्धन खर्च लिएको देखिदैंन् र कार्यालय प्रयोजनका लागि भने झण्डै दोब्बर भएको पाइन्छ । सार्वजनिक तथ्यांकअनुसार सो महिना १० लाख ७० हजार ३ सय ५९ रुपैयाँ इन्धनमा खर्च भएको छ ।

माघ महिनामा पुसको भन्दा केही घटेर ८ लाख ७७ हजार ५६ रुपैयाँमा आइपुगेको छ । यो महिना सवारी साधन मर्मतका लागि भनेर १९ लाख ४४ हजार ३ सय ३७ रुपैयाँ खर्च भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ