२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजबाट उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि ११९५ बेड थपिदैं, कहाँ कति ?

आजबाट उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि ११९५ बेड थपिदैं, कहाँ कति ?


काठमाडौं-सरकारले कोभिड-१९ संक्रमितहरुको उपचारका लागि ११९५ बेड थप्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका लागि काठमाडौं उपत्यका विभिन्न अस्पतालमा ११९५ बेड थप गर्न लागेको हो ।

यसअघि मन्त्रालयले २२ जिल्लामा कोभिड-१९ को संक्रमण भयावह भएको र बेड उपलब्ध गराउन सम्भव नरहेको विज्ञप्ती जारी गरेको थियो ।

तर, उक्त विज्ञप्तिको चौतर्फी आलोचना भएपछि शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकार जनताको उपचारका लागि प्रतिवद्ध रहेको र आइतबार नै कोभिड-१९ संक्रमितहरुका लागि काठमाडाैं उपत्यकामा १ हजार बेड थप गरिने जनाएका थिए ।

सोहीअनुसार मन्त्रालयले आइतबार नै ११९५ बेड थप्न लागेको हो । मन्त्रालयकाअनुसार कोभिड १९ संक्रमितको उपचारका लागि नेपाल प्रहरी अस्पतालमा ३५० बेड थपिदैछन् । यस्तै, पाटन अस्पतालमा पनि आजैबाट ३५० बेड थपिनेछन् ।

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २५० बेड, जनमैत्री अस्पतालमा १२० बेड, सुरेश वाग्ले क्यान्सर अस्पताल महाराजगन्जमा १०० बेड, मानसिक अस्पतालमा २५ बेड थपिनेछन् ।

थपिएका बेडहरुमध्ये केहीमा अक्सिजनको व्यवस्था समेत हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ