२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीएस बैठकमा स्वास्थ्यतर्फको सचिव प्रक्रिया अगाडि बढाउने मन्त्री त्रिपाठीको आश्वासन

आईसीएस बैठकमा स्वास्थ्यतर्फको सचिव प्रक्रिया अगाडि बढाउने मन्त्री त्रिपाठीको आश्वासन


काठमाडौं–कोभिड १९ को दोस्रो लहर देशब्यापी बनेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यतर्फको प्राविधिक सचिव बनाउने प्रक्रिया अगाडि बढाउन पुन आवाज उठेको छ । आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकमा मन्त्रालयका उच्च अधिकारीहरुले लामो समय बितिसक्दा पनि स्वास्थ्यतर्फको सचिव नियुक्त हुन नसकेको भन्दै तत्काल त्यो प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

स्वास्थ्यतर्फका उच्च अधिकारीहरुको प्रस्तावलाई स्वास्थ्य सचिव(प्रसासन तर्फ) लक्ष्मण अर्यालले पनि समर्थन जनाउदै मन्त्रीलाई प्रस्ताव क्याविनेटमा लैजानकोलागि सुझाव दिएको वैठकमा सहभागि एक अधिकारीले बताए । सचिव र स्वास्थ्यका अधिकारीहरुको कुरा सुनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले प्रस्ताव क्याविनेटमा लैजान तयार रहेको जवाफ दिएका थिए ।

‘स्वास्थ्य सचिव आवश्यक भएको मैले पनि महशुस गरेको हो ।’ मन्त्री त्रिपाठीको भनाई उदृत गर्दै स्वास्थ्यका अधिकारीले भने ‘प्रस्ताव कयाविनेट लैनान्छु ।’
बैठाका स्वास्थ्य क्षेत्रको व्यक्तिलाई स्वास्थ्य सचिव बनाउँदा अहिलेको महामारीमा मन्त्रालयको भूमिका प्रभावकारी हुने बताएका थिए ।

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको एक जना सचिव रहदै आएका छन् । यसअघि प्रशासन तर्फको एक जना र स्वास्थ्य प्राविधीक तर्फको एक जना गरी २ जनाको दरवन्धी रहेको थियो । तर लामो समय प्राविधीक तर्फको सचिव नहुदा विचैमा हटेको भन्दै यस अघि प्राविधीक तर्फको सचिव बनाउन बढेको प्रकृया विचैमा रोकिएको थियो ।

तर स्वास्थ्य तर्फका अधिकारीहरुले भने स्वास्थ्य प्राविधक तर्फको सचिवको दरवन्धी हटेको क्याविनेटको निर्णय काही पनि नभएको दावी गर्दै आएका छन् । ‘उपेन्द्र यादव मन्त्री हुदा प्राविधीक र प्रशासन तर्फ गरी क्याविनेटले दुई सचिवको दरवन्धी बनाएको हो ।’ ,स्वास्थ्यका एक उच्च अधिकारी भन्छन्, ‘तर कटौती भएको निर्णय काही पनि छैन, सबै झुलाउने काम भइरहेको छ ।’

यसअघि प्राविधिकतर्फकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएपछि प्राविधिक सचिव खाली छ । त्यसपछि पटक पटक स्वास्थ्य प्राविधीक तर्फको सचिव नियुक्तीकालागि कुरा उठेतापनि ठोस निर्णय अगाडी बढेको छैन

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औं तहका तीन जना प्रमुख विशेषज्ञ रहेका छन् । जसमा महेन्द्रप्रसाद श्रेष्ठ, डा। रोशन पोखरेल र डा। दीपेन्द्ररमण सिंह छन् । स्वास्थ्यतर्फको सचिव बनेमा उनीहरु तीन जनामध्ये एक बन्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ