२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ३५९५ सहित देशभर ७ हजारभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ३५९५ सहित देशभर ७ हजारभन्दा बढीमा कोरोना पुष्टि


काठमाडौं – काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जना सहित देश्भर ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७ सय ४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनालाई पोजेटिभ देखिएको छ । अहिले सक्रिय संक्रमित ४८ हजार ७११ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ