२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी परिषदद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न अपिल

नेपाल स्वास्थ्य व्यवसायी परिषदद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न अपिल


काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेको स्वास्थ्यकर्मीको मनोबल उच्च हुनेगरी वतावरण तय गर्न सरकार र सम्बन्धित सराेकारवाला निकायलाइ अपिल गरेकाे छ । परिषद्का रजिष्टार पुष्पराज खनालले एक अपिल जारी गर्दै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सबै पक्ष लाग्नु आग्रह गरेका छन् ।

परिषद् कोभिड-१९ को दोस्रो लहरले सबै देशवासीलाई आक्रान्त पारेको उल्लेख गर्दै अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी कोही संक्रमित हुन पुगेको र केहीले ज्यान समेत गुमाउनु परेको स्मरण सरकारलाई गराएको छ । उसले स्वास्थ्यकर्मीलाई समेत सावधानीपूर्वक काममा खटिन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ