२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ७४४८ कोरोना संक्रमित, एकैदिन ३७ जनाको मृत्यु

देशभर थपिए ७४४८ कोरोना संक्रमित, एकैदिन ३७ जनाको मृत्यु


काठमाडौं – देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५२२ जना गरेर काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जनामा पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ३ सय ३२ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)