२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसात मन्त्रीलाई तोकियो सातै प्रदेशका कोभिड-१९ व्यवस्थापन सहजीकरण संयोजक

सात मन्त्रीलाई तोकियो सातै प्रदेशका कोभिड-१९ व्यवस्थापन सहजीकरण संयोजक


काठमाडौं–सरकारले कोभिड-१९ व्यवस्थापन गर्नको लागि सात बटै प्रदेशमा सात जना मन्त्रीलाई सहजीकरण संयोजक तोकेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सातबटै प्रदेशमा एक एक जना केन्द्रीय मन्त्रीलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषदले प्रदेश एकमा कानुनमन्त्री शिवमाया तुम्वाहाम्फे, प्रदेश २ मा शहरी विकास मन्त्री प्रभु साह, बागमती प्रदेशमा संचार मन्त्री पार्वत गुरुङ्ग, गण्डकी प्रदेशमा कृषि मन्त्री पद्यमा अर्याल, लुम्बिनी प्रदेशमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, कर्णाली प्रदेशमा वन मन्त्री प्रेम आले र सुदूरपश्चिम प्रदेशमा उद्योग मन्त्री लेखराज भट्टलाई संयोजनको जिम्मा दिइएको छ ।

मन्त्रिपरिषद बैठकले संयोजन पाएका मन्त्रीहरुले प्रदेश र प्रदेश भित्र रहेका स्पथानीय तहसँग सहकार्य गर्ने, एमसीसीका निर्णयहरु कार्यान्वयन गराउने, नियमित प्रतिवेदन लिने र आइपरेका समस्यालाई सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ