२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो-‘सेरम १० लाख कोभिशिल्ड दिन्छ, अन्य खोप ल्याउन प्रयास जारी छ’

स्वास्थ्य मन्त्रालयले भन्यो-‘सेरम १० लाख कोभिशिल्ड दिन्छ, अन्य खोप ल्याउन प्रयास जारी छ’


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरमले नेपाललाई दिन बाँकी रहेको कोभिशिल्ड भ्याक्सिनको १० लाख डोज दिने कुरा प्राथमिकतामा रहेको जनाएको छ । शुक्रबार मन्त्रालयले सेरमले नेपाललाई १० लाख डोज खोप आपूर्ति गर्ने कुरा प्राथमिकतामा राखेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विज्ञप्ति जारी गर्दै सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बितिकै खोप आपूर्ति गर्ने जानकारी दिएको उल्लेख गरेका छन् । मन्त्रालयले सेरमसँग थप ५० लाख डोज कोभिशिल्ड खोप किन्ने अवस्था हाललाई नरहेको समेत जनाएको छ ।

‘औषधि व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमतिप्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिती र भारतको अवस्थाले सेरम इन्स्टिच्युट अफ इण्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबितिकै आपूर्ति गर्ने जानकारी दिएको छ,’ मन्त्रालयले भनेको छ, ‘थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

मन्त्रालयले औषधि व्यवस्था विभागले अन्य खोपहरुले पनि स्वीकृती पाएको र पाउने अवस्थामा रहेको समेत जनाएको छ । साथै, उसले अन्य खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास भइरहेको उल्लेख गरेको छ ।

मन्त्रालयले कोभिड भ्याक्सिनका सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई संलग्न गरी आएका विभिन्न समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं त्यसमा सत्यता नभएको जनाएको छ । उसले कोभिशिल्ड खोप खरिदका विषयमा स्वास्थ्य सेवा विभागले निर्णय गर्ने उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ