२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिए


काठमाडौं -नेपालमा एकैदिन ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा ३ हजार ८९ जना, भक्तपुरमा ३७४ जना र ललितपुरमा ६४३ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ