२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती

अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती


काठमाडौँ – अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले कोभिड बेड कटौती गर्ने भएका छन्। कोरोना संक्रमितको उपचार गर्दै आएका चाबहिल क्षेत्रका ओम अस्पताल, हेल्पिङ्ग ह्याण्ड अस्पताल, मेडिकेयर अस्पतालले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै बेड कटौती गर्न लागेका हुन्।

हेल्पिङ्ग ह्याण्ड अस्पतालका निर्देशक डा. हेम बहादुर लिम्बु ४० देखि ४० प्रतिशत शैय्या कटौती गर्न लागिएको जानकारी दिए । अक्सिजन वितरकले नियमित गर्दै आएको अक्सिजन सप्लाई नियमित नगरेको र कालोबजारी समेत गरेको पाइएको उनको आरोप छ।

‘अक्सिजनको अभावमा संक्रमित बिरामीहरु भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने अवस्था सृजना भएको छ। शनिबारबाट सिमित शैय्या मात्र संचालनमा ल्याई सेवा दिने भन्ने जानकारी दिन हामी ३ बजे पत्रकार सम्मेलन गर्नेछौँ।’,अस्पतालका प्रशासक रविन शर्मा पोखरेलले भने।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ