२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८४१८ जनामा कोरोना पुष्टि, ३३७० जना कोरोनामुक्त

थप ८४१८ जनामा कोरोना पुष्टि, ३३७० जना कोरोनामुक्त

५३ जना संक्रमितले गुमाए ज्यान


काठमाडौं – नेपालमा एकैदिन ८ हजार ४  सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४  सय १८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा २ हजार २ सय ७०  जना, भक्तपुरमा ३८१  जना र ललितपुरमा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ८५  हजार ८ सय ९०  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३  सय ७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८  हजार ७  सय ६५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३  जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)